PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

विदेशको श्रम बजार जोखिम हुनुलाई रोजगारीको अवसर मानिने छ : राष्ट्रपति



पहिलोपोस्ट

विदेशको श्रम बजार जोखिम हुनुलाई रोजगारीको अवसर मानिने छ : राष्ट्रपति

काठमाडौं : महामारीका कारण रोजगारी गुमेकाहरुका लागि रोजगारी स्वास्थ शिक्षाका लागि सरकारले आवश्यक कदम अवलम्बन गर्ने भएको छ।

कोरोनाको महामरी लम्बिरहँदा कार्यक्रमहरुको प्राथिमिकीकरण गरिने राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताइन्। विषम परिषस्थितिमा पनि समृद्द नेपाल बनाउन अघि बढ्ने उनले बताइन्।

खानेपानी सरसफाइ लगायतमा सबैको समवेशिकरण गराइने जानकारी दिँदै उनले शिक्षा तथा स्वास्थ्यमा सरकारको भूमिकालाई थप प्रभावकारी बनाउँदै निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताइन्।

उनले अन्तर्राष्ट्रिय श्रम बजार जोखिम भएपछि रोजगारीका अवसरलाई राष्ट्रिय अवसरका रुपमा प्रयोग गर्ने बताइन्। कोरोना मुक्त बनाउनु पहिलो प्राथमिकता रहेको बताउँदै उनले आवश्यकता अनुसार स्वास्थ परीक्षण ब्यापक बनाउने, औषधी र चिकित्सकहरुको ब्यापक परिचालन गरिने बताइन्। कुनै पनि ब्यक्तिको ज्यान जान नदिन सरकार अघि बढ्ने उनले बताइन्। त्यसका लागि कोरोनाको प्रभावहरुको अध्ययन सरकारले गरिरहेको जानकारी दिइन्।

२०९९ सम्म समुन्नत राष्ट्र

सरकारले २०९९ सालसम्म समुन्नत राष्ट्रमा उक्लिने लक्ष्य राखेको छ।

संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २०८७ अगावै दिगो विकासका लक्ष्य हासिल गर्दै विकासशील राष्ट्र बन्ने र २०९९ सालसम्म समुन्नत राष्ट्रमा गनिने गरी सामाजिक र आर्थिक कार्यक्रमहरु अगाडि बढाइएको बताइन्।

सरकारले कृषि उत्पादन १० वर्षमा दोब्बर पार्ने र यसका लागि पूर्वाधारमा लगानी बढाउने राष्ट्रपतिले जानकारी दिइन्।

उनका अनुसार सरकारले भ्रष्टाचारविरुद्धको कारवाहीलाई तीव्रता दिएको छ। आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, शान्ति सुरक्षित समाज निर्माण गर्न सरकार प्रतिवद्ध छ।

राष्ट्रसंघको वडापत्र, असंलग्न पश्चशील सिद्धान्तका आधारमा राष्ट्रिय हित प्रवर्द्धन गर्दै परराष्ट्र सम्बन्ध विस्तार गरिरहेको छ।

सार्वजनिक प्रशासनमा सुधार ल्याउन सरकार क्रियाशील छ। जवाफदेही गराउन नीति कार्यान्वयनमा छ। सार्वजनिक सवारीको सुदृढिकरण, सडक, रेल, सिँचाई पूर्वाधारको निर्माण कार्य अघि बढेको छ।

सरकारको २ वर्ष उत्साहजनक

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २ वर्षको अवधिमा उत्साहजनक काम गरेको बताएकी छिन्।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले विभिन्न सूचकाङ्कले सरकार सफल रुपमा अगाडि बढेको बताइन्। ती सूचकले सरकारको प्रभावकारिता पुष्टी उनले बताइन्।

त्यस्तै, संविधान कार्यन्वयनामा आएको तथा संघीयता कार्यान्वयनमा सरकारले काम गरेको उनले बताइन्। भण्डरीले संघ, प्रदेश र स्थानीय तह क्रियाशील भएको बताइन्। त्यस्तै राजनीतिक स्थायित्वमा समेत जोड दिइन् उनले।

राजनीतिक स्थायित्वले जनमतको सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वले जनमतको सम्मान हुने बताएकी छिन्।

संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वले नीति बलियो हुने र त्यस्तो नीतिबाट आएको कार्यक्रम कार्यान्वयन हुने बताइन्। यसले जनमतको सम्मान हुने उनको भनाई छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता निम्त्याउने गरी ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक हतार हतार पारित गरेकी राष्ट्रपतिले आजको सम्बोधनमा भने स्थायित्वलाई प्राथमिकता दिएकी छिन्। उनले ल्याएको अध्यायादेश पछि खारेज गरियो।

आजको सम्बोधनमा उनले दलहरुलाई जनादेशअनुसार भूमिका खेल्न, नेतृत्वको क्षमता विकास, विकासप्रति जिम्मेवार उत्तरदायी बनाउने बताइन्।

‘यसले लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउँछ। यो सरकारको नीति स्पष्ट छ। कार्यान्वय परिणाममुखी छ,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell