PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भारतबाट आएका ७ सय ट्रक आईसीपीमा ‘होल्ड’, पर्सा-बाराको निषेधाज्ञाले आयात/निर्यात असहज



राधेश्याम पटेल

भारतबाट आएका ७ सय ट्रक आईसीपीमा ‘होल्ड’, पर्सा-बाराको निषेधाज्ञाले आयात/निर्यात असहज

वीरगंज : वीरगंज भन्सार कार्यालय मातहतको वीरगंज-१७ अलौमा रहेको एकीकृत भन्सार चौकी (आईसीपी)मा मालवस्तु बोकेका करिब ७ सय ट्रकहरु ‘होल्ड’ भएर बसेका छन्।

पर्सा-बारामा कोरोना भाइरस नियन्त्रणका लागि वैशाख ३१ गते राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लगाइएको निषेधाज्ञाका कारण आयात निर्यात असहज बन्दै मालसमान बोकेका गाडीहरु ‘होल्ड’ भाएको आईसीपी सञ्चालन गर्ने नेपाल ईन्टरमोडल यातायात समिति आईसीपी वीरगंजका प्रमुख कमल ज्ञवालीले बताए।

‘दुई दिनदेखि वीरगंजका बैंकहरु पनि खुलेका छैनन्, व्यवसायीहरु एकदमै न्यून मात्रामा मालसमान जाँचपास गरेर लैजादै छन्’, उनले भने, ‘आईसीपीको यार्ड गाडीहरुले अहिले पूरै भरिएको छ, सबै चालकहरुलाई समाजिक दुरी कायम गरी बस्न र खानपिन गर्न भनिएको छ।’

वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहले व्यवसायीले नै असहज वातावरणले गर्दा सामान नलग्दा गाडी थुप्रिएको बताए। उनले बिहीवार स्थानीय प्रशासनले गरेको निर्णयले गर्दा एक दुई दिनमै अवस्था सहज बन्ने विश्वास व्यक्त गरे। जिल्ला प्रशासन कार्याल पर्साका सहायक प्रमुख जिल्ला अधिकारीले भन्सार नाका सहज बनाउन र अतिआवश्यक सामानको आयात/निर्यातको लागि भन्सार कार्यालयलाई नै सवारी पासको अनुमति दिइसकिएकोले सोही अनुसार गर्न उद्योगी व्यवसायी तथा क्लिरियरिङ एजेन्टलाई आग्रह गरे।

यता, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले आयात सहज बनाउन मात्र सवारी पास दिएर नहुने बताए। उद्योग चलाउ धेरै कुरा सहज गर्नु पर्ने उनको भनाइ छ।

‘जबसम्म बैंक सहज रुपमा चल्दैनन्, बजार खुल्दैनन्, ढुवानी हुँदैन तबसम्म उद्योगसम्म मात्र समान छुटाएर कति थन्काउने?’ उनले भने।

यसैगरी, लकडाउनले गर्दा वीरगंजकको सुक्खा बन्दरगाहमा पनि करिब ५ हजार कन्टनेर, ५० हजार टन फलामजन्य कच्चा पदार्थ र १२ हजार टन बोराबन्द समानहरु होल्ड भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell