PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन हुने, अन्य कार्यक्रमसँग पनि समन्वय गरिने



पहिलोपोस्ट

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन हुने, अन्य कार्यक्रमसँग पनि समन्वय गरिने

काठमाडौँः सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने भएको छ। हाल कार्यक्रम अन्तर्गत कामको आह्वान गरेर स्थानीय तहले कार्यान्वयन गर्ने गरेका छन्।

सदनमा प्रस्तुन नीति तथा कार्यक्रममा उक्त कार्यक्रम परिमार्जन गर्ने जनाइएको हो। सञ्चालित कार्यक्रमलाई अब सीप, दक्ष जनशक्ति र रोजगारी सिर्जनामा जोडिनेछ। रोजगारसँग सम्बन्धित अन्य परियोजनासँग पनि कार्यक्रमलाई जोडिनेछ। 

बाटो सफा गर्ने, मकै खन्ने लगायतका काममा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम खर्च भएको भन्दै आलोचित भएको थियो। विपक्षी दलले उक्त कार्यक्रम कार्यकर्ता पोस्ने उदेश्यबाट प्रेरित भएको भन्दै खारेजीको माग समेत गरेको थियो। 

कोभिड कहरका कारण रोजगार सिर्जनामा दबाब बढिरहेका बेला सरकारले यो कार्यक्रम परिमार्जन गर्न लागेको हो। 

यस्तै, सरकारले विभिन्न कारणले रोजगार गुमाएका नागरिकलाई व्यवसायिक कृषि, साना तथा मझौला उद्योग, निर्माण र सेवामा परिचालन गर्ने नीति लिएको छ। 

उद्यमका लागि युवालाई सीप तथा पुँजी उपलब्ध गराइने पनि नीति कार्यक्रममा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell