PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

विदेशबाट फर्केका नेपाली कामदारलाई रोजगारी दिने सरकारको योजना, यी चार क्षेत्रमा खटाइने



पहिलोपोस्ट

विदेशबाट फर्केका नेपाली कामदारलाई रोजगारी दिने सरकारको योजना, यी चार क्षेत्रमा खटाइने

काठमाडौं : सरकारले कोरोना भाइरस महामारीका कारण विदेशबाट फर्किरहेका नेपाली कामदारलाई रोजगार दिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘दक्ष श्रमिक, कामको सम्मान, उचित पारिश्रमिक सरकारको श्रम नीति’ अन्तर्गत सरकारले व्यापक रोगजारी र अवसर सिर्जना गर्ने उल्लेख छ।

आन्तरिक रोजगारी नभएको अवस्थामा महामारीले स्वदेशको रोजगारी संकुचित गरेको र विदेशमा रहेकाहरु फर्किँदा बेरोजगार बढ्ने भएकाले सरकारले बेरोजगार सबैलाई व्यावसायिक कृषि, पूर्वाधार, उद्योग र निर्माण सेवाका क्षेत्रमा परिचालन गरिने सरकारको योजना छ। सीपयुक्त र दक्ष जनशक्तको अभाव भएकाले बेरोजगारलाई प्राविधिक शिक्षाका कार्यक्रमलाई एकीकृत परिचालन गरिने, सबै स्थानीय तहमा घुम्ती तालिम दिने सरकारको योजना छ।

सरकारले सीप भएकालाई उद्यम गर्न सुरुवाती पुँजी उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ। उनीहरुलाई प्रविधि हस्तान्तर, बजारीकरणका कार्यक्रमसँग जोडिने छ। यसलाई सबै प्रदेशमा संरचना विस्तार गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell