काठमाडौं : जिल्ला प्रशासन कार्यालयले लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास र पहेलो रङको सबारी पास खारेज गरेको छ। आजबाट जारी हुने पासको रङ नीलो हुने कार्यालयले जनाएको छ।
लकडलाउन कार्यान्वयनलाई थप कडाई गर्नका लागि जिल्ला प्रशासन कार्यालयले यस्तो रङको नयाँ पास जारी गर्न लागेको हो। काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाएपछि बाहिरबाट मानिसहरु भित्रने क्रम बढ्यो भने कोरोनाका संक्रमितहरु पनि उपत्यकामा देखिए। त्यसलाई नियन्त्रणमा लिन हिजो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुसहितको गृह मन्त्रालयमा बसेको बैठकले थप कडाईको नीति लिएको थियो।
जिल्ला प्रशासनले मुल सडक र भित्री सडकमा पनि अनावश्यक भिड हुने गरेको भन्दै त्यसमा कडाई गर्ने जनाएको छ। त्यसका लागि प्रहरी परिचालन गरिने जनाइएको छ।
एम्बुलेन्स, शव बाहन, औषधी तथा स्वास्थ्य सामग्री, औद्योगिक कच्चा पदार्थ र तयारी वस्तु, प्ट्रोलियम पदार्थ, सबै खाद्यबस्तु, पशुपंक्षी, खसी, बोका, राँगा, कुखुरा, माछा, तरकारी फलफूल तथा निर्माण सामग्रीहरु पास विना पनि संचालन हुने जनाइएको छ।