PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

यस वर्ष २ लाख ७० हजार बालबालिका विद्यालय भर्ना गर्ने सरकारको लक्ष्य, प्राविधिक शिक्षामा जोड दिइने



पहिलोपोस्ट

यस वर्ष २ लाख ७० हजार बालबालिका विद्यालय भर्ना गर्ने सरकारको लक्ष्य, प्राविधिक शिक्षामा जोड दिइने
फोटो : संसद् सचिवालय।

काठमाडौं : सरकारले यस वर्षको शैक्षिक सत्रमा २ लाख ७० हजार बालबालिका विद्यालय भर्ना गर्ने लक्ष्य लिएको छ। सो लक्ष्य पूरा गर्न सरकारले ‘बालबालिकालाई विद्यालय ल्याउँ, पढाइमा टिकाउ’ अभियान सञ्चालन गर्ने भएको छ।

त्यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा नयाँ प्रविधि र ज्ञानको विस्तार गर्ने सरकारले योजना बनाएको छ। सार्वजनिक विद्यालय र शिक्षालाई गुणस्तरीय बनाउन योग्य र दक्ष शिक्षण पेसामा रुची राख्ने शिक्षकको व्यवस्था गरिने बताइएको छ।

विद्यालय शिक्षामा विज्ञान प्रविधिका विषयलाई जोड दिइने भएको छ। त्यसका लागि हालसम्म नेपालभर ६०७ स्थानीय तहमा प्राविधिक शिक्षा विद्यालय स्तरमा सञ्चालनमा छन्। आगामी तीन वर्षमा सबै स्थानीय तहमा यसको सञ्चालन गर्ने सरकारको योजना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell