
काठमाडौं : सरकारले पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने भएको छ। संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा नारायणघाट-बुटवल सडक चार लेनमा विस्तार शुरु भएको र पूर्व-पश्चिम राजमार्ग सबै ४ लेनको बनाउने उल्लेख छ।
नारायणघाट-बुटवल र कमला-कञ्चनपुर सडकखण्ड तीन वर्षभित्र विस्तार गरिने सरकारको लक्ष्य छ। सरकारले आउँदो वर्ष ३ सय सडक/पुलको निर्माण, सडक कालोपत्रे/मर्मतलाई तीव्रता, आगामी तीन वर्षमा फास्ट ट्रयाक निर्माण, जटिल पुल र सुरुङ निर्माण शुरु गर्ने कार्यक्रमहरु अघि सारेको छ।