PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

पानीजहाज सञ्चालनमा सरकारको सपना, ‘अघिल्लो वर्ष पनि कानुन, यो वर्ष पनि कानुन’



पहिलोपोस्ट

पानीजहाज सञ्चालनमा सरकारको सपना, ‘अघिल्लो वर्ष पनि कानुन, यो वर्ष पनि कानुन’

काठमाडौँः सरकारले आगामी वर्ष पनि पानीजहाज सञ्चालनको कानुनी आधार तय गर्ने लक्ष्य राखेको छ। चालु वर्षका लागि संघीय संसदमा पेस भएको नीति तथा कार्यक्रममा पनि सरकारले नीतिगत, कानुनी र पूर्वाधार निर्माणलाई नै प्राथमिकतामा राखेको थियो। 

चालु वर्षमा पूरा नभएको प्रतिवद्धता नै सरकारले पुनः दोहोर्‍याएको हो। 

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमको अंश

नीति तथा कार्यक्रममा आफ्नै ध्वजावहाक पानीजहाज सञ्चालनका लागि तयारी भइरहेको उल्लेख छ। नेपाली पानीजहाज सञ्चालनका आवश्यक कानुनी व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

यस्तै, भारतको आन्तरिक जलमार्गसँग जोडिने गरी कोशी, गण्डक र कर्णालीमा जलमार्ग विस्तार गर्ने सरकारको लक्ष्य छ। तीन वर्षभित्र गण्डक नदीमा जल यातायात सञ्चालन गर्ने सरकारको लक्ष्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell