PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

विद्युत जडित क्षमता ३ हजार मेगावाट पुर्‍याइने



पहिलोपोस्ट

विद्युत जडित क्षमता ३ हजार मेगावाट पुर्‍याइने

काठमाडौं : सरकारले नेपाललाई पूर्ण रुपमा लोडसेडिङ मुक्त गराउन विद्युत जडित क्षमता ३ हजार मेगावाट पुर्‍याउने भएको छ।

राष्ट्रिय प्रसारण ग्रीडमा जोडिएका विद्युत केन्द्रहरुको हाल कुल जडित क्षमता १ हजार ३ सय ८६ मेघावाट रहेको छ। यसलाई बढाएर अर्को वर्ष ३ हजार मेगावाट पुर्‍याउने सरकारको नीति तथा कार्यक्रम रहेको छ।

राष्ट्रिय प्रसारण तथा वितरण प्रणालीलाई विस्तार गर्ने, सौर्य प्रणालीमा हिमाली क्षेत्रमा उज्यालो पुर्‍याउने, वृद्धि र व्यापारबाट उर्जा सुरक्षा कायम गरिने नीति छ। हाल दैनिक विद्युत खपत २६० किलोवाट प्रतिघण्टा पुगेकोमा ३६० किलोवाट पुर्‍याइनेछ।

माथिल्लो तामाकोशी अर्को वर्ष निर्माण सकिने छ। बाह्य स्रोत जुटाएर बुढीगण्डकी र पश्चिम सेती अघि बढाइनेछ। पञ्चेश्वर परियोजनालाई अन्तिम रुप नीति तथा कार्यक्रममा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell