
काठमाडौं : सरकारले विद्युतीय राहदानी कार्यान्वयनमा ल्याउने भएको छ। संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले यसै वर्ष इ-पासपोर्ट सञ्चालनमा ल्याउने र सुरक्षाको पाटोलाई मजबुद गरिने उल्लेख गरेको छ।
त्यसैगरी, सरकारले आमसञ्चार क्षेत्रलाई मर्यादित बनाउन कानुनी र संरचनागत सुधार गर्ने भएको छ। पत्रकार दुर्घटना बीमा लागु गरिनेछ। हुलाकको पुनःसंरचना गरिने भएको छ।
आगामी वर्ष राष्ट्रिय परिचयपत्र विरतण गर्ने सरकारको योजना छ। सबै स्थानीय तहबाट अनलाइन प्रणालीमार्फत व्यक्तिको विवरण भरिनेछ।
राष्ट्रपति महिला उद्यम कार्यक्रममार्फत सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गरिनेछ। हवाई उद्धार कार्यलाई थप प्रभावकारी रुपमा विस्तार गर्ने सरकारको योजना छ।