PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

नीति तथा कार्यक्रम : उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गरिने



पहिलोपोस्ट

नीति तथा कार्यक्रम : उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गरिने
फोटो : संसद् सचिवालय।

काठमाडौं : सरकारले उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने भएको छ। संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गरी अघि बढाइने उल्लेख छ।

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं दक्षिण एसियाली खेलकुदमा ५१ स्वर्ण पदकसँगै हाल सम्मकै ठूलो सफलता भएको बताइन्।

त्यस्तै, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय पदक हात पार्न सक्ने खेलाडीको क्षमता विकास गरिने भएको छ।

स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिइने सरकारको लक्ष्य छ।

निजी क्षेत्रबाट अघि बढाइएका खेलकुद पूर्वाधार निर्माणलाई प्रोत्सहन गरिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell