PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

नेपाली सेनालाई क्षमतावान बनाइने, सैनिक सामग्रीको उत्पादन बढाउने सरकारको नीति



पहिलोपोस्ट

नेपाली सेनालाई क्षमतावान बनाइने, सैनिक सामग्रीको उत्पादन बढाउने सरकारको नीति
फाइल फोटो।

काठमाडौं : सरकारले नेपाली सेनासहित सुरक्षाकर्मीलाई क्षमतावान बनाउने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा सरकारले आवश्यक स्रोत साधन उपलब्ध गराएर सुरक्षाकर्मीलाई दक्ष, व्यावसायिक र उच्च मनोबल बनाउने उल्लेख छ।

सुरक्षाकर्मीलाई नियमित तालिमले क्षमतावान बनाइराख्ने सरकारको नीति छ। त्यसैगरी, सरकारले सैनिक विश्वविद्यालय स्थापना, सैनिक सामग्री उत्पादनमा राष्ट्रिय क्षमता बढाउने नीति पनि लिएको छ।

शान्ति सुरक्षामा उल्लेख्य सुधार

राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सुशासन, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य सुधार आएको र जनताले महसुस गर्नेगरी शान्ति सुरक्षाको व्यवस्था मिलाएको उल्लेख छ। आगामी दिनमा ढुक्कसँग पेशा व्यवसाय गर्नेगरी शान्ति सुरक्षा सुदृढ बनाउने उल्लेख छ।

राज्यविरुद्धको अपराधमा, राष्ट्रिय एकताविरुद्ध, संविधानविरुद्ध लाग्ने जोकोहीलाई कारबाही गरिने उल्लेख छ। सीमा व्यवस्था र सुरक्षाका लागि बोर्डर आउट पोस्टको स्थापना बढाउने सरकारको योजना छ।

नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको व्यवस्थित अभिलेख राखिने नीति तथा कार्यक्रममा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell