PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

थप ९ जनामा कोरोना पुष्टि : दाङमा पहिलोपटक देखियो संक्रमण, संक्रमित हुनेमा तीन बालक पनि



पहिलोपोस्ट

थप ९ जनामा कोरोना पुष्टि : दाङमा पहिलोपटक देखियो संक्रमण, संक्रमित हुनेमा तीन बालक पनि

काठमाडौं : शुक्रवार थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार वीरगंजमा ४ जनामा संक्रमण देखिएको छ। जसमा ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीय महिला छन्।

यस्तै, उदयपुरमा २५ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको छ।

पछिल्लो तथ्यांकका अनुसार दाङमा ३ जनामा संक्रमण देखिएको छ। संक्रमितहरुमा २३, ३६ र ३४ वर्षीय पुरुष छन्। दाङमा पहिलोपटक संक्रमण देखिएको हो।

काठमाडौंमा थप एक जना बालकमा संक्रमण देखिएको छ। सतुंगलका ७ वर्षीय बालकमा संक्रमण देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell