PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

साढे ४ सय नेपालीको लागि खुल्यो स्वदेशको ढोका : सीमामै र्‍यापिड टेस्ट, नेपालमा पनि क्वारेन्टाइनमा बस्नु पर्ने



एम बम

साढे ४ सय नेपालीको लागि खुल्यो स्वदेशको ढोका : सीमामै र्‍यापिड टेस्ट, नेपालमा पनि क्वारेन्टाइनमा बस्नु पर्ने

कैलाली : भारतीय सीमावर्ती क्षेत्रको क्वारेन्टाइनमा राखिएका साढे चार सय बढी नेपालीको उद्धार शुरु भएको छ। डेढ महिनाभन्दा धेरै समय क्वारेन्टाइनमा बसेका उनीहरुका लागि शुक्रवार स्वदेश फर्किने ढोका खुलेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनीहरुलाई नेपालमा पनि क्वारेन्टाइनमा राखिने छ। कैलाली घर भएकाहरुलाई शुक्रवार स्थानीय तहमा पठाउने तयारी छ भने अन्य जिल्लाका नागरिकलाई धनगढीमै क्वारेन्टाइनमा राखिने छ।

उनले नेपालीहरुको सीमामै र्‍यापिड टेस्ट समेत भएको जानकारी दिए।

प्रशासनका अनुसार स्वदेश फर्किनेमा कैलाली, कञ्चनपुरसहित बैतडी, डडेल्धुरा, सुर्खेत, बझाङ, दैलेख, कास्की, सिन्धुली, रौतहटलगायतका जिल्लाका नागरिक रहेका छन्। धनगढीमा रहेका भारतीयहरुलाई पनि शुक्रवार नै भारत पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell