PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पर्सामा सशस्त्रका इन्सपेक्टरमाथि करणीको आरोप, एसपी भन्छन् : गाँजा कारोबारीले फसाउँन खोजे



राधेश्याम पटेल

पर्सामा सशस्त्रका इन्सपेक्टरमाथि करणीको आरोप, एसपी भन्छन् : गाँजा कारोबारीले फसाउँन खोजे

वीरगंज : जिल्ला प्रहरी कार्यालय पर्साले स्वर्णपुरका सशस्त्र प्रहरी निरीक्षक सिंहबीर मल्लमाथि जबर्जस्ती करणीको घटनामा छानबिन शुरु गरेको छ।

बिहीवार राति स्वर्णपुरकै एक होटलमा युवतिसँग अनैतिक गतिविधि गरेको भन्दै मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जबर्जस्ती करणीको आरोप लागेका प्रहरी निरीक्षकलाई वीरगंज ल्याउने काम भइरहेको बताइन्।

घटना फरक पनि हुन सक्ने दावी गर्दै उनले भनिन्, ‘बलात्कार नै गरेका हुन् कि के रहेछ, अहिले यकिन भन्न मिल्दैन। हामी बुझ्दै छौँ, गाँजा कारोबारीले फसाएको कुरा पनि आइरहेको छ।’

यता सशस्त्र प्रहरी पर्साका एसपी देवेन्द्र कुँवरले गाँजा कारोबारीले षड्यन्त्र गरी फसाउन खोजेको आफूले सूचना पाएको बताए। तरपनि सो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।

‘हिजो राति गाँजा समात्न जाँदै छौँ भनी गएका थिए, राति १५ किलो गाँजा पनि समातेका छन्’, उनले भने, ‘गाँजा तस्करले गाँजा फालेर होटलमा नास्तापानी खान बसेका इन्सपेक्टरसहित ३ जनालाई होटललाई घेरा हालेर होहल्ला गरेपछि ठोरीको नेपाल प्रहरीका इन्सपेक्टरले राति उद्धार गरि लगेका थिए।’

होटलमा साहुनीसहित दुई जना युवती पनि भएकाले बलात्कारको आरोप लगाई सशस्त्र प्रहरीको बद्नाम गर्न खोजिएको उनले दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell