PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

राष्ट्रिय टिमका पूर्व मिड-फिल्डरको कोरोना 'डिफेन्स' : संक्रमणपछिको तेस्रो रिपोर्टको प्रतिक्षा



मुकुन्द घिमिरे

राष्ट्रिय टिमका पूर्व मिड-फिल्डरको कोरोना 'डिफेन्स' : संक्रमणपछिको तेस्रो रिपोर्टको प्रतिक्षा

राष्ट्रिय टिमका पूर्वखेलाडी रन्जित श्रेष्ठ कोरोना संक्रमणका कारण यतिबेला आइसोलेसनमा छन्। पछिल्लो समय उनी युएईको दुबईमा बस्दै आएका छन्। उनले मे ५ मा कोरोना संक्रमण परीक्षण गरेका थिए। त्यसको नतिजा पोजेटिभ आयो। अर्थात् उनी कोरोना संक्रमित पुष्टि भए।

त्यसयता रन्जित त्यहींको रोडा अल्बुस्टान होटलमा आइसोलेसनमा छन्। हाल आफ्नो स्वास्थ्यस्थिति सामान्य भएको बताउँछन्। होटलमा उनी सामाजिक सञ्जाल चलाएर समय बिताउँछन्। विभिन्न भिडियो र फोटोहरु सेयर गर्छन्। उनले मे १० मा आफूलाई संक्रमण पुष्टि भएको खबर पनि सामाजिक सञ्जालमार्पत् नै सार्वजनिक गरेका थिए। त्यस समय उनले आफ्नो स्वास्थ्यस्थिति सामान्य रहेको बताएका थिए।

'अहिलेसम्म मलाई खासै समस्या छैन। कहिले काहीँ ड्राइ कफ हुन्छ', उनले पहिलोपोस्टसँगको कुराकानीमा भने।

उनी कार्यरत् कम्पनी दुबइ हेल्थ अथोरिटिजको समन्वयमा आफू रोडा अल्बुस्टान होटलमा पुगेको बताए। त्यहाँ उनको खर्च इन्सुरेन्सले कभर गर्छ। होटलमा बसिरहँदा श्रेष्ठको हरेक साता परीक्षण हुने बताइएको छ। पछिल्लो समय उनको सोमबार कोरोना परीक्षण भएको थियो। उक्त दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ नै आयो। शुक्रबार पुन: तेस्रो पटक उनको स्वाब संकलन गरिएको छ।  

आइसोलेसनमा कम्फर्ट दैनिकी

आइसोलेसनमा रहेयता हरेक दिन दैनिकी उस्तै छ।

'बिहान एक ग्लास तातोपानी खान्छु। उनीहरुले बेल बजाएर ढोका बाहिर ब्रेकफास्ट राखेको जनाउ दिन्छन्। खान्छु', आफ्नो दैनिकीबारे कुरा गर्दै उनले भने, 'ब्रेकफास्टमा भेजिटेबल सलाद अनि बोइल गरेको केराउमा हल्का ब्ल्याक पेपर हालेको हुन्छ। अनि ब्रेड बटर जाम अनि दुध हुन्छ।'

ब्रेकफास्ट सकेर २ गिलास तातोपानी खान्छ र स्टिम लिन्छन्।

अनि घोरिन्छन् सामाजिक सञ्जालमा। हाल उनी सञ्जालबाटै कोरोना भाइरसविरुद्धका सन्देशहरु दिइरहेका छन्। उनलाई शिघ्र स्वास्थ्य लाभको शुभकामना दिनेहरु पनि उत्तिकै।

भन्छन्, 'एउटा पूर्व राष्ट्रिय खेलाडी भनेर माया गरिदिनु भएको छ। खुशी लाग्छ।'

खानेकुराको तालिका पनि उनको दैनिकीजस्तै छ। सधैं उस्तै। लन्चमा प्रायष दाल, भात, तरकारी हुन्छ। 'हाम्रोतिरको पहेँलो दाललाई यता चाहीँ लेइन्टिन सुप भन्छन्। अनि कुखुराको मासु उसिनेर दिन्छन्।'

डाक्टरको सुझाव अनुसारको खाना भएकाले चुपचाप खान्छन्। उनको बोलीमा भने सधैं एउटै मेनु चित्न नबुझेको भान हुन्छ।  बेलुकी डिनर पनि लगभग त्यस्तै हुन्छ उनको।

बेलुकीको खानामा चाहिं सालोमन फिस, दाल, भात र सलादहरु हुने रहेछ।

गत सोमबार भने उनलाई आइसक्रिम दिइएको थियो। तर उनलाई सीधैं खान डर लाग्यो। त्यसैले पहिले नर्सलाई सोधे। नर्सले 'दिएको कुरा खानु' भन्ने निर्देशन दिएपछि मात्र उनले आइसक्रिम खाए। कोरोनाबारे चर्चा चलेको बेला 'कोरोना चिसो ठाउँमा हुन्छ, आइसक्रिम लगायतका चिसो कुरा खानु हुँदैन' भन्ने चर्चाहरुले उनलाई सोच्न बाध्य बनाएको हो।

बेलुका सुत्नेबेलामा एकपटक स्टीम लिन्छन्। अनि तातो पानी खान्छन्। लेमन पानी भने धेरै खान नहुने उनको अनुभव छ। 'त्यसले घाँटी समाएको हो कि जस्तो लाग्यो', उनको अनुभव सुनाए।

उनले नियमित खाने सूचिमा पर्छन् बेसार, मरिच र अदुवा। प्राय मिसाएर खान्छन्।

सन् २०१७ देखि दुबईमा रहेका उनी पछिल्लो पटक डिसेम्बरमा २० दिनका लागि नेपाल आएका थिए।

नेपालको राष्ट्रिय टिमका लागि सन् २००८ देखि १० सम्म खेलेका थिए। त्यस बाहेक संकटा क्लबमा एक वर्ष, एनआरटीमा ३ वर्ष र थ्रीस्टारबाट एक सिजन खेलेको बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell