PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कोरोनाको विश्वकै इपिसेन्टर अमेरिकाको कस्तो छ हाल?



पहिलोपोस्ट

कोरोनाको विश्वकै इपिसेन्टर अमेरिकाको कस्तो छ हाल?

काठमाडौं : यतिखेर विश्वकै कोरोना संक्रमणको इपिसेन्टर बनेको छ संयुक्त राज्य अमेरिका। अमेरिकामा कोरोनाको संक्रमणको अवस्था कस्तो छ त?

विश्वभर कोरोनाबाट ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित छन्। तीमध्ये झन्डै एक तिहाई अमेरिकामा मात्र छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार अमेरिकामा कोरोनाका संक्रमितको संख्या १४ लाख ४२ हजार ८ सय १९ रहेको छ।

कोरोनाबाट विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्यामा पनि अमेरिका शीर्ष स्थानमा नै छ, अरु मुलुकसँग फराकिलो अन्तरले। अमेरिकामा अहिलेसम्म ८७ हजार ५ सय ३० जनाको मृत्यु भएको छ।

अमेरिकाको न्युयोर्क सबैभन्दा प्रभावित शहर हो। अमेरिकाको मात्र होइन, संक्रमितको संख्या र मृत्यु दुवैका आधारमा हेर्ने हो भने न्युयोर्क कोभिड-१९ को सबैभन्दा प्रभावित शहर पनि हो। न्युयोर्कमा २७ हजार ८ सय ७८ जनाको मृत्यु भइसकेको छ भने त्यहाँबाट ६० हजार ३ सय २ जना कोरोनालाई जितेर विसेक भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell