
नयाँ दिल्ली : उत्तर प्रदेशमा शनिवार बिहानै भएको दुर्घटनामा परी २३ जना आप्रवासी मजदूरको मृत्यु भएको छ। लामो लकडाउनका कारण ट्रकमा नै यात्रा गरिरहेका उनीहरुको दुर्घटनमा मृत्यु भएको हो। दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा उत्तर प्रदेशको औरइयामा भएको उक्त दुर्घटनामा परी दर्जनौं घाइते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
‘दुर्घटनामा बिहान करिब ३:३० तिर भएको हो। २३ जनाको मृत्यु भएको छ भने १५ देखि २० जना घाइते छन्,’ औरइया जिल्लाका मजिस्ट्रेट अभिषेक सिंहले भने, ‘यिनीहरुमध्ये अधिकांश बिहार, झारखण्ड र पश्चिम बंगालका छन्।’
घाइतेलाई अस्पताल पुर्याइएको छ। उनीहरु राजस्थानबाट आफ्नो गाउँतिर लागिरहेका थिए।
The incident took place at around 3:30 am. 23 people have died and around 15-20 have suffered injuries. Most of them are Bihar, Jharkhand and West Bengal: Abhishek Singh, DM Auraiya pic.twitter.com/fLpnPTAYmD
— ANI UP (@ANINewsUP) May 16, 2020
लकडाउनक कारण लाखौं मानिसहरु अहिले भारतका विभिन्न शहरबाट आफ्नो जन्मभूमितिर हिँड्दै यात्रा गरिरहेका छन्। कोरोना संक्रमणका कारण भारतले लामो समयदेखि लकडाउन छ।
लकडाउन लम्ब्याउने हरेक चरणको खबरसँग मानिसहरु आफ्नो ठाउँको यात्रामा निस्किने गरेका छन्।
यसअघि १५ जना मानिसहरुको यसैगरी यात्रा गर्दागर्दै दुर्घटनामा परी ज्यान गएको थियो। अर्का १६ जना रेलको लिकमा किचिएर मारिएका थिए।