PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

कोरोना संक्रमितको उपचारका लागि भारतलाई भेन्टिलेटर दिँदै अमेरिका, भ्याक्सिन बनाउन सहकार्य गर्दै दुई देश



पहिलोपोस्ट

कोरोना संक्रमितको उपचारका लागि भारतलाई भेन्टिलेटर दिँदै अमेरिका, भ्याक्सिन बनाउन सहकार्य गर्दै दुई देश
Photo : Mark Wilson/Getty Images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको लडाईंमा अमेरिका भारतको साथमा रहेको बताएका छन्। उनले शुक्रवार ट्वीटरमार्फत् भारतलाई आवश्यक भेन्टिलेटर सहयोग गर्ने घोषणा समेत गरेका छन्।

यी दुई देशले भ्याक्सिन बनाउने प्रक्रियामा पनि एकअर्कालाई सहयोग गर्ने जनाउँदै उनले लेखेका छन् – ‘हामी यस अदृश्य दुश्मनविरुद्ध सँगै लड्छौं।‘

शुक्रबारनै ट्रम्पले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन टोली घोषणा गरेका थिए। जसको नाम ‘अपरेशन वार्प स्पीड’ नाम दिएका छन्। भ्याक्सिन उत्पादनका लागि अमेरिकी सरकार र निजी क्षेत्रको साझेदारी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell