PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

थप ६ जनामा कोरोना पुष्टि, सिरहामा देखियो पहिलो पटक संक्रमण



पहिलोपोस्ट

थप ६ जनामा कोरोना पुष्टि, सिरहामा देखियो पहिलो पटक संक्रमण

काठमाडौं : शनिवार थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार ५ वटा जिल्लामा ६ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार बर्दियामा थप एकजनामा संक्रमण देखिएको छ। बर्दियाको नार्खु ११ का २८ वर्ष पुरुषमा संक्रमण देखिएको हो। यस्तै, वीरगंजमा थप दुईजनामा संक्रमण देखिएको छ।

चितवनमा समेत एकजनामा संक्रमण देखिएको छ। यसअघि चितवनमा दुईजनामा संक्रमण देखिएको थियो। सिरहामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ। त्यहाँ ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यस्तै, सर्लाहीको रामनगर ४ निवासी १८ वर्षीय महिलामा समेत संक्रमण देखिएको छ।

यससँगै नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell