
चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको ८ नयाँ ‘केस’ देखिएको छ।
त्यहाँको नेसनल हेल्थ कमिसनको तथ्याङ्क अनुसार नयाँ संक्रमितमध्ये ६ जना विदेशबाट चीन फर्किएकाहरु हुन्। दुई संक्रमित भने चिलिन प्रान्तका हुन्। उनीहरुलाई लोकल ट्रान्समिसन भएको हो।
मे १४ मा मात्रै ४ नयाँ संक्रमण पुष्टि भएको थियो। सिजिटिएनले जनाए अनुसार नयाँ संक्रमितहरुमध्ये ११ जनालाई कुनै लक्षण देखिएको छैन।
चीनमा हालसम्म ८२ हजार ९ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ४ हजार ६ सय ३३ को मृत्यु भइसकेको छ।
उपचारपछि ठीक हुनेको संख्या ७८ हजार २ सय १९ जना संक्रमण मुक्त भएका छन्।