PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

नेपालमा पनि चर्चित ‘कहानी घर घरकी’का कलाकार सचिन कुमारको निधन



पहिलोपोस्ट

नेपालमा पनि चर्चित ‘कहानी घर घरकी’का कलाकार सचिन कुमारको निधन

भारतीय टेलिश्रृङ्खला ‘कहानी घर घरकी’का केन्द्रिय पात्र सचिन कुमारको निधन भएको छ। मे १५ तारिखमा उनको हृदयघातका कारण निधन भएको हो। फस्टपोस्टमा जनाए अनुसार उनी मुम्बईस्थित ओब्रोय स्प्रिङमा बस्दै आएका थिए।

सचिन पेशाले फोटोग्राफर हुन्। उनी बलिउड स्टार अक्षय कुमारका भाइ (कजन) समेत हुन्।

सन् २००० देखि प्रसारण सुरु भएको ‘कहानी घर घरकी’ नेपाली दर्शकमाँझ पनि चर्चित थियो। जसमा सचिन कुमार निरन्तर ८ वर्ष देखिए।

उनी बिनाफ्रे कोहली निर्देशित ‘लज्जा’मा पनि देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell