PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

भुजा बोकेको ट्रयाक्टरमा गुट्खाको तस्करी                  



पहिलोपोस्ट

 भुजा बोकेको ट्रयाक्टरमा गुट्खाको तस्करी                  

वीरगंजः पर्सामा निषेधाज्ञाको समयमा सुर्तीजन्य पदार्थ तस्करी भएको भेटिएको छ।

बिहीबार राती बारा जितपुरबाट आउँदै गरेको ना ७ त १४४८ नम्बरको ट्रयाक्टरमा पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ मा चेक गर्दा सुर्तीजन्य पदार्थको तस्करी भएको प्रहरीले फेला पारेको हो।

ट्रयाक्टरमा रहेको ८० भुजाको बोरामा लुकाएर सुर्तीजन्य पदार्थको तस्करी गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले सुर्तीजन्य पदार्थ (भोला र गुट्खा) ५ बोरा बरामद गरेको पर्सा प्रहरी प्रमुख एसपी गङ्गा पन्तले जानकारी दिइन ।

९ लाख ४८ हजार ५०० बराबरको सामान सहित ट्रयाक्टरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell