PahiloPost

May 15, 2024 | २ जेठ २०८१

धुलिखेलमा मृत्यु भएकी महिला ९ दिन अघि शिक्षण अस्पतालमा भएकी थिइन् सुत्केरी, कोरोनाको रिपोर्ट आउँदै



पहिलोपोस्ट

धुलिखेलमा मृत्यु भएकी महिला ९ दिन अघि शिक्षण अस्पतालमा भएकी थिइन् सुत्केरी, कोरोनाको रिपोर्ट आउँदै

काठमाडौं : धुलिखेल अस्पतालमा उपचारका लागि पुर्‍याएको छोटो समयमा नै एक महिलाको मृत्यु भएपछि पठाइएको थ्रोड स्वाब नतिजा आज सार्वजनिक हुँदैछ।

स्वास प्रस्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएकी २९ वर्षीय महिलाको गत बिहीवार राती मृत्यु भएको हो। मृत्यु लगत्तै उनमा कोरोना रहे नरहेको परीक्षणका लागि थ्रोड स्वाब संकलन गरिएको थियो। उनको मृत्युको कारण खुलिसकेको छैन।

अस्पताल ल्याएको ५५ मिनेटमा नै उनको मृत्यु भएको थियो।

'हामीले अस्पतालमा मृत्यु हुने सबैको स्वाव लिने गरेका थियौं। उहाँ पनि उपचारको लागि आउनु भएको थियो,' धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारले भने, 'अस्पताल ल्याएको करिब ५५ मिनेटमा नै उहाँको मृत्यु भयो।'

उनको पीसीआर परीक्षणको आज रिपोर्ट आउने अपेक्षा गरिएको छ। तर, अहिलेसम्म कोरोनाको रिपोर्ट आइसकेको छैन। 'यस विषयमा मन्त्रालयले ४ बजे केही जानकारी दिन्छ होला,' प्रवक्ता ताम्राकारले भने।

सिन्धुपाल्चोक घर भएकी महिला त्रिवि शिक्षण अस्पताल महाजगंजमा ९ दिनअघि सुत्केरी भएकी थिइन्। त्यसपछि उनलाई घर लगिएको थियो। तर, स्वास्थ्यमा समस्या आएपछि धुलिखेल अस्पताल लगिएको थियो।

महिला सुत्केरी भएको अस्पताल टिचिङमा गत बिहीवार कपिलवस्तुकी ६ वर्षीय बालिका कोरोना सङ्क्रमित भेटिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell