PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

'प्रिटी थिङ्स्'का गायक फिल मेको निधन, अघिल्लो साता लडेका थिए साइकलबाट



पहिलोपोस्ट

'प्रिटी थिङ्स्'का गायक फिल मेको निधन, अघिल्लो साता लडेका थिए साइकलबाट
GETTY IMAGES

बेलायती गायक फिल मेको निधन भएको छ। ७५ वर्षीय गायकको 'हिप'को शल्यक्रियापछि देखिएको समस्याका कारण शुक्रबार निधन भएको हो। गत साता साइकलबाट लडेपछि किङ्स लिन अस्पतालमा भर्ना भएका थिए।

उनी अङ्ग्रेजी रक ब्यान्ड 'प्रिटी थिङ्स'का संस्थापक एवं लिड गायक हुन्। डार्टफोर्डका मेले सन् १९६३ मा गितारिस्ट डिक टेलरसँग मिलेर ब्यान्ड स्थापना गरेका थिए।

मेको गायकीसँगै लामको कपाल, दुर्व्यसनी र समलैङ्गिकताका कारण चर्चा थियो।

उमेर बढेसँगै उनको स्वास्थ्यस्थिति बिग्रदै गयो। सन् २०१८ मा ब्यान्डले 'फाइनल बो' नाम दिइएको बिदाइ कन्सर्ट आयोजना गरेको थियो। कन्सर्टमा पिंक फ्लोयडका डेभिड गिलमोर र सर भान मोरिसनले पनि प्रस्तुति दिएका थिए।

'स्वीट प्रिटी थिङ्स' उनीहरुको अन्तिम एल्बम हो जुन सन् २०१५ मा सार्वजनिक भएको थियो।

बीबीसीका अनुसार मेका दुई सन्तान र पार्टनर कोलिन ग्राहम छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell