PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

संक्रमितको सूचना सम्प्रेषणमा मन्त्रालयको लापरबाहीः नमूना काठमाडौँमा संकलन, ठेगाना स्थानीयको दिइँदै



पहिलोपोस्ट

संक्रमितको सूचना सम्प्रेषणमा मन्त्रालयको लापरबाहीः नमूना काठमाडौँमा संकलन, ठेगाना स्थानीयको दिइँदै

काठमाडौंः स्वास्थ मन्त्रालयले कोरोना संक्रमितको सूचना वितरणमा लापरबाही गरेको छ। उपत्यकामा स्वाब संकलन गरिएका नमूनाको विवरण भने स्थायी ठेगानासँग जोडेर दिने गरिएको छ। यसरी सूचना प्रवाह गर्दा स्थानीयमा त्रास र ट्रेसिङमा पनि समस्या देखिएको छ।

शनिवार बिहान पनि स्वास्थ्य मन्त्रालयले थप ९ जनामा संक्रमण देखिएको सूचना निकाल्यो। जसमा सर्लाहीमा घर भएकी १८ वर्षीय महिलाको समेत नाम रहेको छ।

स्वास्थ्य मन्त्रालयले महिलाको स्थायी ठेगाना उल्लेख गरेर सूचना जारी गरे पनि ती महिला काठामाडौंमा नै रहेको खुलेको छ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलनमा ती महिला सर्लाहीको भए तापनि हाल काठमाडौंमा बसिरहेको बताइएको हो। उनको स्वाब परीक्षण पनि काठमाडौँमा नै गरिएको हो।

केही दिनअघि शिक्षण अस्पतालमा उपचाररत कपिलवस्तुकी बालिकामा पनि काठमाडौंमा नै स्वाब संकलन गरिएको थियो। उनमा कोरोना पोजेटिभ देखिएको थियो।

स्वास्थ्य मन्त्रालयले संक्रमित भएको स्थान नभइ स्थायी ठेगानाबाट सूचना सम्प्रेषण गर्न भ्रम फैलिरहेको जनगुनासो बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell