PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

सेनाले चीनबाट मगाएका स्वास्थ्य सामग्री राजधानी आउँदै, तातोपानी नाकाबाट शुक्रवार भित्रिएको थियो नेपाल



रासस

सेनाले चीनबाट मगाएका स्वास्थ्य सामग्री राजधानी आउँदै, तातोपानी नाकाबाट शुक्रवार भित्रिएको थियो नेपाल

चौतारा : कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका अत्यावश्यक स्वास्थ्य सामग्री तातोपानी भन्सार कार्यालयबाट जाँच गरी राजधानी पठाइएको छ।

खासामा आइपुगेका १० कन्टेनरलाई शुक्रवार बेलुका मितेरी पुलबाट भन्सार यार्डमा ल्याइएको थियो। किटनाशक औषधि छर्केर १४ घण्टा क्वारेन्टाइनमा राखेपछि जाँच पास गरी शनिवार अपराह्न भन्सार यार्डबाट राजधानी पठाइएको भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए।

विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ अर्थात् कोरोना भाइरस नेपालमा पनि दिनप्रतिदिन संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेपछि नेपाल सरकारको निर्देशनमा जीटुजी प्रक्रियामार्फत नेपाली सेनाले उक्त सामग्री खरिद गरेको हो।

सो नाकाबाट यसअघि कोरोना भाइरस संक्रमण रोकथाम गर्न निजी क्षेत्रले पनि स्वास्थ्य सामग्री झिकाइसकेको छ। चीनको वुहानमा गत डिसेम्बरको अन्त्यमा कोरोना भाइरस फैलिएपछि गएको पुस दोस्रो सातादेखि बन्द रहेको उक्त नाकाबाट अत्यावश्यक स्वास्थ्य सामग्री र खाद्यान्न मात्र आयात हुने गरी खुले पनि हाल फलफूललगायतका अन्य व्यापारिक सामान पनि आयात हुन थालेको भन्सार कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell