PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोरोनाबाट मृत्यु भएकी महिलाको यसरी गरियो अन्त्येष्टि

कोरोनाबाट मृत्यु भएकी महिलाको यसरी गरियो अन्त्येष्टि

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया महिलाको दाहसस्कार  गरिएको छ।

शनिवार सुरक्षा व्यवस्थाको साथ पिंगलास्थानमा रहेको विद्युतीय शव दाह गृहमा अन्तेष्टि गरिएको हो। बिहीवार राति उपचारको लागि धुलिखेल अस्पताल लग्दै गर्दा उनको मृत्यु भएको थियो।  शनिवार राति महिलाको शवलाई धुलिखेल अस्पतालबाट सुरक्षा अपनाएर सुरक्षाकर्मीको स्कटिङसहित पिंगलास्थानको शवदाह गृहमा ल्याइएको थियो।

नेपाली सेना, प्रहरी सहितको टोलीले धुलिखेलबाट शवलाई ल्याएका थिए। शव ल्याउने समयमा गौशला क्षेत्रमा अन्य मानिस तथा सवारी साधनलाई समेत प्रवेश निषेध गरिएको थियो।  दाहसंस्कारमा सहभागीहरुले मास्क लगायत कोरोना संक्रमणबााट जोगिन पिपिइ लगायतका उपकरण लगाएका थिए।

 

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell