PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

गौरिफन्टा नाकाबाट नेपाल भित्रिए भारतीय क्वारेन्टाइनमा रहेका २७६ नेपाली



एम बम

गौरिफन्टा नाकाबाट नेपाल भित्रिए भारतीय क्वारेन्टाइनमा रहेका २७६ नेपाली

कैलाली : कैलालीको गौरीफन्टा नाकाबाट शनिवार पनि नेपालीहरुको उद्धार गरिएको छ। भारतीय क्वारेन्टाइनमा रहेका र सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्धार गरिएको हो।

नेपालसँग सीमा जोडिएको भारतको लखिपुर खिरी जिल्लास्थित पलिया लगायतका क्षेत्रमा डेढ महिनाभन्दा बढी समयदेखि क्वारेन्टाइनमा राखिएका २ सय ७६ नेपालीको शनिवार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। उनीहरुको सीमामै यापिड टेस्ट गरिएको थियो। एक सय ६ जनालाई कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

भारतमा बढी संक्रमण रहेको क्षेत्रबाट आएका र क्वारेन्टाइन अवधि पूरा नगरेका नेपालीहरुको पीसीआर परीक्षणका लागि नमुना समेत संकलन भइरहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। यता जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले उद्धार गरिएका नेपालीहरुलाई सम्बन्धित जिल्लामा पठाउने क्रम जारी रहेको बताए। उनीहरुलाई स्थानीय तहले नै क्वारेन्टाइनमा राख्नेछन्।

शुक्रवार पनि सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका तीन सय ८५ जना नेपालीको उद्धार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell