PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

भारतमा एकै दिन ४ हजार ८ सय ८५ संक्रमित थपिए, ९० हजारको सीमा पार



पहिलोपोस्ट

भारतमा एकै दिन ४ हजार ८ सय ८५ संक्रमित थपिए, ९० हजारको सीमा पार

नयाँ दिल्ली : भारतमा एकै दिन ४ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो। शनिवार संक्रमितको संख्या ह्वात्तै बढ्दा गुजारातमा एकै दिन १ हजारभन्दा बढीमा कोभिड १९ देखियो। भारतमा कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा एकै दिन १ हजार ६ सय ६ जनमा संक्रमण देखियो भने त्यहाँ एकै दिन ६७ जनाले ज्यान गुमाए।

यससँगै भारतमा संक्रमितको संख्या ९० हजार ६ सय ७४ पुगेको छ। ८० हजारबाट ९० हजार छुन भारतलाई दुई दिनको अन्तरमात्र लाग्यो। शुक्रवारको तुलनामा शनिवार १ हजार १ सय बढी संक्रमित भेटिए।

संक्रमितको संख्याका आधारमा महाराष्ट्रपछि दोस्रो प्रभावित राज्य बन्न पुगेको छ गुजरात। महाराष्ट्रमा अहिलेसम्म ३० हजार ७ सय ६ जना संक्रमित छन् भने तामिल नाडूमा १० हजार ५ सय ५८। गुजरातमा यो संख्या १० हजार ९ सय ८९ पुगेको छ। यसअघि तामिल नाडू दोस्रो स्थानमा रहँदै आएको थियो।

नेपालसँग जोडिएको उत्तर प्रदेशमा आप्रवासी मजदूर फर्किएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको छ। थप २ सय ९ नयाँ संक्रमित उत्तर प्रदेशमा एकै दिन थपिए भने नौ जनाको मृत्यु भयो। उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell