PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

रौतहटमा थपिए १० जना कोरोना संक्रमित : नेपालमा कोरोना पोजेटिभको सङ्ख्या २ सय ९१ पुग्यो



पहिलोपोस्ट

रौतहटमा थपिए १० जना कोरोना संक्रमित : नेपालमा कोरोना पोजेटिभको सङ्ख्या २ सय ९१ पुग्यो

काठमाडौ : नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ।

आइतवार बिहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। थपिएका १० जना नै रौतहट जिल्लाका रहेका छन्। रौतहटको राजपुर नगरपालिका फरहदवा वडा नम्वर ९ का सात जना पुरुष र इशनाथ नगरपालिकाका ३ र ५ वडाका ३ पुरुष रहेको मन्त्रालयले जानकरी दिएको छ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो। यो सँगै नेपालमा संक्रमितको सङख्या २ सय ९१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell