PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

लकडाउनमा शाहरुख खानको सिकाइ: हामीलाई धेरै मानिस होइन कुरा गर्न सकिने मानिस चाहिन्छ



पहिलोपोस्ट

लकडाउनमा शाहरुख खानको सिकाइ: हामीलाई धेरै मानिस होइन कुरा गर्न सकिने मानिस चाहिन्छ

कोरोना भाइरसका संक्रमण रोक्न लागु गरिएको लकडाउनका कारण मानिसहरु यतिबेला घरमै छन्। सबैलाई अहिले कोभिड१९ बाट कसरी बच्ने भन्ने चिन्ता छ। त्यस्तै सेलिब्रेटी खेलाडी, कलाकारहरु समाजिक सन्जालमा एक्टिभ देखिन्छन्।

यस्तैमा बलिउडका किङ शाहरुख खान पनि सामाजिक सन्जालमा सक्रिय छ। कहिले कोभिड १९ सँग लड्नका लागि सहयोग गरेर त कहिले जनचेतनामुलक सन्देशहरु फैलाएर।

खान सामाजिक सन्जालमार्फत नै समर्थकहरुलाई सकारात्मक कुराहरुमा मोटिभेट गरिरेहका देखिन्छन्। शनिवार पनि उनले इन्टाग्राममा एउटा पोस्ट शेयर गर्दै लकडाउनले सिकाएको पाँचवटा कुरा भन्दै आफ्नो अनुभव शेयर गरेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Lockdown lessons...

A post shared by Shah Rukh Khan (@iamsrk) on

'हामीले लामो समयदेखि आफ्ना कति इच्छाहरुलाई पुरा नगरी रहिरहेका छौं। तर अहिले अनुभव भएको छ कि ती इच्छाहरु कति महत्वपूर्ण थिए,' उनी लेख्छन्, 'अब बुझिएको छ कि आफ्नो नजिक धेरै मानिसहरुको आवश्यकता छैन बरु उसको आवश्यकता छ जो सँग लकडाउनमा कुरा गर्न सकियोस।'

यदि समय रोकिने हो भने आफ्नो सबै झुटा असुरक्षाहरुलाई भुलेर जिन्दगी जिउने मन भएको लेखेका छन्।

'जोसँग कुनैबेला लडिएको थियो, तिनैसँग अब हाँस्नुछ। यी सबैभन्दा माथि प्रेम जीवित रहने छ। उसको मुल्य कुनै पनि हालतमा कम हुने छैन।' उनले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell