PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

लकडाउन बढाउन र सरकारी बिदाबारे छलफल गर्न समन्वय समितिको बैठक बस्दै



पहिलोपोस्ट

लकडाउन बढाउन र सरकारी बिदाबारे छलफल गर्न समन्वय समितिको बैठक बस्दै

काठमाडौं : कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइएको छ।

आज दिउँसो साढे २ बजेको लागि बैठक बोलाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकले लकडाउन थप गर्ने विषयमा निर्णय गर्ने छ। सरकारले थप गरेको लकडाउनको समय भोलि राति १२ बजेबाट सकिँदैछ।

बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउन उपत्यकाभित्र छिर्ने नाकामा सेना परिचान, सरकारी कार्यालय १५ दिनको लागि बिदा दिने विषयमा पनि छलफल गर्नेछ। समितिले छलफलपछि निर्णय गरेका विषयहरु आज दिउँसो बस्ने मन्त्रिपरिषदमा पठाउँछ। त्यसपछि लकडाउनको समय थप गर्ने तथा बिदाका निर्णयहरु हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell