PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

सुत्केरीको मृत्युले प्रधानमन्त्री ओली दुखित्, मानवीय क्षति रोक्न थप सशक्त बनाउने



पहिलोपोस्ट

सुत्केरीको मृत्युले प्रधानमन्त्री ओली दुखित्, मानवीय क्षति रोक्न थप सशक्त बनाउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोककी सुत्केरीको मृत्युले दु:खी तुल्याएको जनाएका छन्। आज बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवराजनमा समवेदना प्रकट गरेका हुन्।

'कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु,' प्रधानमन्त्रीले ट्विटमा लेखेका छन्।

प्रधानमन्त्री ओलीले यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने जनाएका छन्।

त्यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालमा कोरोनाका कारण मृत्यु भएकोमा दु:खी तुल्याएको भन्दै ट्विट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell