PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

संसदमा देउवा: सरकार कोरोना संक्रमण रोक्न पूर्णरुपमा असफल, नीति तथा कार्यक्रममा कोरा सपना बाँडियो



पहिलोपोस्ट

संसदमा देउवा: सरकार कोरोना संक्रमण रोक्न पूर्णरुपमा असफल, नीति तथा कार्यक्रममा कोरा सपना बाँडियो

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोरोना भाइरसको महामारीले पुर्‍याउने क्षतिबारे ज्ञानै नभएको आरोप लगाएका छन्।

संसदको संयुक्त बैठकमा चलिरहेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले सरकार जनताको पीडामा संवेदनशील नभएको आरोप लगाए। सरकार कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल भएको देउवाको टिप्पणी छ।

उनले सरकारसँग कोरोना रोक्न जनतालाई आश्वस्त पार्ने कुनै योजना नभएको बताए। 'सरकारलाई कोरोनाले पुर्‍याउने क्षतिबारे ज्ञानै छैन, सरकार जनताका पीडामा संवेदनशील छैन, सरकार संक्रमण रोक्न पूर्ण रुपमा असफल भएको छ,’ उनले भने।

देउवाले सरकारले एक वर्षको नीतिमा १० वर्षे योजनाको कोरा कल्पना बाँडेको आरोप लगाए। सरकारले नागरिकको मनोदशा बुझ्न नसकेको देउवाको आरोप छ।

जनता कोरोना परीक्षणका लागि सरकारलाई कुरिरहेको भए पनि परीक्षण गर्न नसकेको उनको भनाई छ।

सरकारको नीति तथा कार्यक्रमले बैदेशिक ऋण बढ्ने देउवाले बताए।

सरकारको नीति तथा कार्यक्रम अहिले देखिएको समस्या समाधानमा केन्द्रित नभएको देउवाको टिप्पणी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell