PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सांसद अपहरण केस : प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा बुझायो फाइल



पहिलोपोस्ट

सांसद अपहरण केस : प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा बुझायो फाइल

काठमाडौं : समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवसँग जोडिएको अपहरणको अनुसन्धान प्रहरीले सकेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो।

वैशाख २६ गते परिसर काठमाडौंले उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो। परिसरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल महोत्तरी पुगेर अनुसन्धान गरेको थियो।

बहालवाला सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ, प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल समेतलाई विपक्षी बनाएर सांसद यादवले वैशाख २२ गते सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गाएका थिए।

वैशाख १४ गते महानगरीय प्रहरी परिसर टेकुले जाहेरी दर्ता इन्कार गरेको थियो। घटनास्थल महोत्तरी भएकाले सम्बन्धित जिल्लामा नै जान प्रहरीको सुझाव दिएको थियो। त्यसपछि सांसद यादव सकारी वकिल कार्यालय पुगेका थिए। 'हामीले अनुसन्धान सकेर फाइल बुझाएका छौं,' परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने।

अब सरकारी वकिल कार्यालयले थप अनुसन्धान र घटनाको प्रकृति तथा प्रमाण हेरेर तामेलीमा राख्ने निर्णय सदर गर्न सक्नेछ। पुनः अनुसन्धानका लागि निर्देशन दिन पनि सक्नेछ। सरकारी वकिलले मुद्दा चलाउने वा नचलाउनेबारे निर्णय प्रहरीको रायपछि तय गर्नेछ। सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेमा सोको जानकारी उच्च सरकारी वकिलको कार्यालयमा पठाइनेछ। उच्चले पनि निर्णय सदर गरेमा महान्यायाधिवक्ता कार्यालयमा पठाइनुपर्ने कानुनी व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell