काठमाडौं : नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहा पाइन भनेर कति दिन उम्किने भन्दै प्रश्न गरेका छन्।
रिजालले आजको सांसदमा बोल्दै सरकार अरुलाई दोष देखाएर पन्छिन् नमिल्ने बताएका हुन्।
उनले भने, ‘सरकारलाई कठिनाइ छ त देखेको छु। घुस रकममा मोल मोलाई गर्नेलाई पन्छाउन नपाउँदै भ्रष्टाचार गर्नेलाई पन्छाउन नपाउँदै स्वास्थ्य उपकरणमा अनियमितता गर्नेलाई व्यहोर्नुपर्छ। सीमा अतिक्रमण सडक निर्माण गरेको जानकारी नगराएको व्यहोर्नुपर्छ।'
रिजालले महत्वपूर्ण कठिनाइमा प्रधानमन्त्रीले उम्किएर मुक्ति नपाइने बताउँदै भने, 'मैले जान्या थिइन। थाहा पाइन भनेर कति दिन उम्कनुहुन्छ? केही दिन त उम्मकनुहोला।'
नेता रिजालले वार्षिक नीति तथा कार्यक्रममा आत्म बान्छन्बाट मुक्त हुन नसकेको बताए। स्रोत साधानले धान्न नसक्ने उच्च आकांक्षाको दस्तावेज भएको उनको भनाई छ। उनले भने, 'उपदेश छन्, संघीयता संवत छैन।'
नीति तथा कार्यक्रममा पत्रकारलाई अनुशासित र मर्यादित बनाउने उल्लेख गरेको सन्दर्भमा उनले सरकार आफैं मर्यादित भए पत्रकार जगतलाई मर्यादित बनाउनु नपर्ने बताए।
उनले सीमाको अतिक्रमणका विषयमा सरकार कागजको नक्सामा सीमा फर्काउँछ, साच्चै फर्काउन सक्नदैन भन्ने देखिएको बताए। नीति तथा कार्यक्रमको पुछारमा सीमाको विषय राखिएको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे।
रिजालले कोरोना कहरले जनतालाई आज बाच्न गाह्रो भइरहेको बेला २०९९ मा नेपाल समन्नुत बन्छ भन्दै कार्यक्रम ल्याइएकोमा आक्रोश पोखे। आजका लागि के गर्ने भन्ने कार्य नगरेको भन्दै पछिको विषय ल्याउनु असम्वेदनहीनता भएको उनको भनाई छ।