PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

एक महिनाअघि घनले हानेर हत्या: आफ्नै बारीमा गाडे, प्रहरीको सोधपुछमा खुल्यो पोल



पहिलोपोस्ट

एक महिनाअघि घनले हानेर हत्या: आफ्नै बारीमा गाडे, प्रहरीको सोधपुछमा खुल्यो पोल

कास्की : घन प्रहार गरी हत्या गरेर शव गाडेको अभियोगमा ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४ समिनतारा बस्ने २१ वर्षीय ज्ञान बहादुर परियार, सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोर र बाग्लुङ घर भएका १९ वर्षीय सागर परियार रहेका छन्।

ज्ञानबहादुरले करिब १ महिना अगाडि सोही ठाउँ बस्ने २२ वर्षीय बिमल रानाभाटलाई घनले हानी हत्या गरेर आफ्नै घर पछाडि बारीको डिलमा गाडेका थिए।

यो सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरु ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घटनाको पोल खुलेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान उत्खनन गरेर हेर्दा शव सडेको अवस्थामा फेला परेको थियो।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell