PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवामा पनि कोरोना पोजेटिभ



पहिलोपोस्ट

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवामा पनि कोरोना पोजेटिभ

काठमाडौँः बाँकेको क्वारेन्टाइनमा निधन भएका युवकको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु कोरोनाबाट भएको पुष्टि गरेको हो। 

स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले ती युवकको रिपोर्ट पोजेटिभ आएको बताए। 

वैशाख ३० गते भारतबाट आएका २५ वर्षीय युवा नरैनापुरको दीपेन्द्र माविमा क्वारेन्टाइनमा थिए। 

क्वारेन्टाइनमा नै आइतबार बिहान उनको निधन भएको थियो। शव व्यवस्थापनका लागि टोली क्वारेन्टाइन स्थलमा पुगिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell