PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले पनि अब आरडीटी परीक्षण गर्न पाउने



पहिलोपोस्ट

निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले पनि अब आरडीटी परीक्षण गर्न पाउने

काठमाडौँः निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले पनि अब शुल्क लिएर आरडीटी परीक्षण गर्न पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयले तयार पारेको नयाँ निर्देशिकाले निजी र सामुदायिक अस्पताललाई पनि परीक्षण गर्न दिने बाटो खोलेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा निर्देशिका अनुसार निजी स्वास्थ्य संस्थाले आरडीटी गर्न सक्ने बताए।

'हामीले निर्देशिका जारी गरेका छौं। अब निजी तथा सामुदायिक अस्पतलालले आरडीटीका लागि अनुमति लिन सक्नेछन्', देवकोटाले भने।

अस्पतालले उपत्यकामा स्वास्थ्य सेवा विभागबाट र उपत्यकाबाहिर स्वास्थ्य निर्देशनालयबाट अनुमति लिन पाउने भएका छन्।

आरडीटी अस्पताल प्रयोजनका लागि मात्रै हुने प्रवक्ता देवकोटाले बताए।

उनका अनुसार हरेक दिन अस्पतलाहरुले सरकारलाई आरडीटीको तथ्यांक उपलब्ध गराउनु पर्नेछ। आरडीटी पोजेटिभ आएमा पीसीआरका लागि रिफर गर्नु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell