
काठमाडौँः आइतवारसम्म २८ हजार १६० जनाको कोरोना भाइरस परीक्षणका लागी आरटी पीसीआर गरिएको छ। पछिल्लो २४ घण्टामा एक हजार ४६९ जनाको परीक्षण गरिएको छ। हालसम्म ६७ हजार ७६९ जनाको आरडीटी गरिएको छ। दुई हजारभन्दा बढी आरडीटीबाट २४ घण्टामा गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३५७ जना क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनमा बस्नेको संख्या केही दिनयता बढिरहेको छ।
आइसोलेसनमा बस्नेको संख्या पनि बढेको मन्त्रालयले जनाएको छ। आइतबार ३४६ जना आइसोलेसनमा छन्। त्यसमध्ये उपत्यकाभित्र ३५ जना छन्। उपत्यकाबाहिर ३११ जना छन्।
४० हजार ५५८ ले स्वमूल्याङ्कनबाट कोरोनाबारे जानकारी लिएका छन्। रेड जोनमा ३८२ छन्। कोरोना संक्रमितको संख्या बढेसँगै रेड जोनमा पर्नेको संख्या बढेको हो। नेपालमा अहिलेसम्म २८ जिल्लामा संक्रमण फैलिएको छ।