काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन्।
प्रेस संयोजक विजय यादवका अनुसार मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल गएका हुन्। मन्त्री यादवको सचिवालयले उनलाई हृदयघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ।