PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस



पहिलोपोस्ट

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस
फाइल फोटो

काठमाडौँ: कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लकडाउन लम्ब्याउन सुझाव दिएको हो।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउन गरेकै कारण कोरोनालाई काबुमा राखेकोले लकडाउन नै उपयुक्त हुने सुझाव आएको बताए। लकडाउनबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्नेछ।

पछिल्लो पटक बढाइएको अवधि सोमवार राति १२ बजेबाट सकिँदैछ। १५ दिन लकडाउन लम्याउने तयारी भइरहेको बुझिएको छ। केहीबेरमा मन्त्रिपरिषद् बैठक पनि बस्दैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell