PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

ईद–उल–फित्रका दिन घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगको आग्रह



पहिलोपोस्ट

ईद–उल–फित्रका दिन घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मुस्लिम आयोगले ईद–उल–फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ। आयोगको आइवार बसेको बैठकपछि अध्यक्ष समिम मिया अन्सारीले ईद–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेका हुन्।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईद–उल–फित्रका दिन मस्जिद र मदरासामा गई सामूहिक नमाज पढ्ने गरिन्छ। यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो। रमजानको शुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज पढेका थिए।

आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बीहरुलाई ईदका दिन सामूहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताए। उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गए।

इस्लाम धर्ममा रमजानको एक महिना लामो ब्रत तोड्ने दिन ईद–उल–फित्र मनाउने गरिन्छ। यस दिन सामूहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ। ईदलाई आपसी सद्भावको चाडको रुपमा पनि हेरिने गरिएको छ। यस वर्षको ईद–उल–फित्र आगामी आइतवार मनाईदै छ। रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरुले गर्दछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell