PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३३१ जना पुग्यो



पहिलोपोस्ट

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३३१ जना पुग्यो
PHOTO : aa.com

काठमाडौं: बहराइनमा कोरोना भाइरसबाट संक्रमित नेपाली नागरिकको संख्या ३ सय ३१ पुगेको छ।

बहराइनको मनामास्थित नेपाली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा शनिवारसम्म ३ सय ३१ नेपाली संक्रमित भएको उल्लेख छ।

रोजगारीका लागि बहराइन पुगेका नेपालीहरु विभिन्न ठाउँमा कार्यरत छन्।

नेपाली दूतावासका अनुसार बहराइनमा कुन ३ हजार ९ सय ७३ जना संक्रमित रहेकोमा २ हजार ७ सय ६२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। मृतकको संख्या १२ रहेको छ।

त्यसैगरी बहराइनमा अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारलाई वैधानिक हुन तथा बहराइन छोड्न यस वर्षको डिसेम्बर मसान्तसम्म समय दिइएको छ।

राजदूतावासले समस्यामा परेका नेपालीलाई सम्पर्क गर्न पनि आह्वान गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell