PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

न्युरोडको प्युखामा आगलागी

न्युरोडको प्युखामा आगलागी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको न्युरोडस्थित प्युखामा आगलागी भएको छ। आइतवार साँझ सवा ६ बजे लागेको आगोले विभिन्न पसलमा क्षति पुगेको छ।

विद्युत सर्ट भइ आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको त्यहाँ खटिएका अग्नि नियन्त्रकले जानकारी दिए। आगो नियन्त्रणका लागि जुद्ध बारुण यन्त्रको एक दमकल पुगेको थियो।

आगलागीका कारण के कति क्षति पुग्यो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

 

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell