PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

जोरपाटी स्वास्थ्य चौकीलाई लायन्सका पूर्वगर्भनर सुवेदीको स्वास्थ्य सामग्री सहयोग



पहिलोपोस्ट

जोरपाटी स्वास्थ्य चौकीलाई लायन्सका पूर्वगर्भनर सुवेदीको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारीस्थित जोरपाटी स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ।

सामाजिक अभियन्ता तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ एका पूर्वगर्भनर कुमारराज सुवेदीले स्वास्थ्य चौकीलाई कोरोना भाइरसको महामारीले रोकिएको खोप कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन्।

अब नियमित रुपमा खोप सोमवारदेखि शुरु हुने जनाइएको छ। आइतवार आयोजित एक कार्यक्रमका बीच अभियन्ता सुवेदीले स्वास्थ्य सुरक्षा सामग्रीअन्तर्गत एक थान ज्वरो मापन यन्त्र थर्मल गन र ५ सेट पीपीइ सहयोग गरेका हुन्।

उनले स्वास्थ्य चौकी प्रमुख ललिता लामा र वडाध्यक्ष राजिव थापालाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।

कोरोना भाइरसको महामारीका कारण सामाजिक दूरी कायम राखेर कार्यक्रममा सुवेदीले कोरोनाको जोखिमबीच सुरु गर्न लागिएको नियमित खोप सेवा संचालन गर्दा स्वाथ्यकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै सो सामग्री प्रदान गरेको बताए। सुवेदीले व्यक्तिगत खर्चमा उक्त स्वास्थ्य सामाग्री प्रदान गरेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell