PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मोरङ र धनकुटामा पनि कोरोना संक्रमित भेटिए, ३० जिल्लामा फैलियो संक्रमण



पहिलोपोस्ट

मोरङ र धनकुटामा पनि कोरोना संक्रमित भेटिए, ३० जिल्लामा फैलियो संक्रमण

काठमाडौँः थप दुई जिल्लामा कोरोना भाइरसका नयाँ बिरामी फेला परेका छन्। आइतबार साँझ मोरङ र धनकुटाका तीन केस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि संक्रमण २८ जिल्लामा फैलिएको थियो । अब ३० जिल्ला पुगेकोछ। 

मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो। धनकुटा निवासी ३४ वर्षीय महिला र मोरङको विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। 

तीन नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या २९५ पुगेको छ। 

मन्त्रालयका अनुसार तीनै जनाको हालसम्म स्वास्थ्य अवस्था सामान्य छ। भने स्वाथ्यकर्मीको सम्पर्कमा रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell