
काठमाडौं : आफ्ना नेताहरुविरुद्ध अनर्गल रुपमा प्रचार गरी मानमर्दन गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध सरकारी वकिल कार्यालयमा दर्ता गरेको मुद्दा तामेलीमा राखिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुविरुद्ध पूर्वप्रधानमन्त्री भट्टराईले गलत प्रचार गरेको भन्दै विद्यार्थी संगठनले सरकारी वकिल कार्यालयमा ‘साइबर क्राइम’को मुद्दा दायर गरेका थिए। अनुसन्धानमा साइबर अपराध पुष्टि नभएकाले मुद्दा तामेलीमा राखिएको सरकारी वकिल कार्यालयका प्रवक्ता नुमराम खनालले जानकारी दिए।
जनता समाजवादी पार्टीले नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण गरेको आरोप लगाउदै आएका थिए। तर, आज सरकरी वकिल कार्यालयले अपहरण पुष्टि नभएको भन्दै सो मुद्दा पनि तामेलीमा राखेको छ।