काठमाडौँः जारी लकडाउन जेठ २० गतेसम्म बढाउने निर्णय मन्त्रिपरिषदले गरेको छ। आइतबार साँझ प्रधानमन्त्री निवासमा बसेको बैठकले लकडाउन थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो। सोमबार मध्यरातसम्म यसअघिकै निर्णय अनुसार लकडाउन कायम थियो।
उच्चस्तरीय समितिको सुझाव अनुसार लकडाउन बढाइएको हो। लकडाउनका कारण संक्रमण जोखिम न्यूनीकरणमा सहयोग भइरहेको भन्दै समय थव गरिएको हो।
चैत ११ गतेदेखि लकडाउन जारी छ।
अघिल्लो पटक लकडाउन थपसँगै केही मोडालिटी परिवर्तन भएको थियो। तर, संक्रमण बढेसँगै थप कडाइ गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार सीमा नाकाको कडाइ यथावत रहनेछ। उपत्यका भित्रनेलाई पनि कडाइ गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सबै प्रकारका जारी पास रद्द समेत गरिसकेको छ। अत्यावश्यक सेवा र नियामक निकायले आवश्यकताका आधारमा पास वितरण गर्नेगरि निर्णय भएको छ।